काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । गएराति करिब साढे १ बजे मौनी अमावस्याको अवसरमा अमृत स्नान हुनु अगावै भागदौड मच्चिँएको थियो ।
भागदौडमा थुप्रै घाइते भएको हुनसक्ने आकलन गरिएको छ । यद्यपि, प्रशासनले अहिलेसम्म मृतक र घाइतेको संख्या भने सार्वजनिक गरेको छैन । प्रत्यक्षदर्शीहरूका अनुसार अचानक भीडले अवरोध तोडेर मानिसहरूमाथि आक्रमण गरेको कारण भागदौड मच्चिएको हो ।
यो घटनापछि सतर्कता अपनाउन १३ वटा अखाडाले मौनी अमावस्या अर्थात् अमृत स्नान रद्द गरेको अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
प्रशासनले मौनी अमावस्यामा शाही स्नानको अवसरमा प्रयागराजमा ८ देखि १० करोड भक्तजन हुने अनुमान गरेको छ । यस घटनाका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत जानकारी लिएको बताइएको छ ।
जनवरी १३ बाट सुरू भएको महाकुम्भ मेलामा ६ वटा शाही स्नान हुनेछ, जसमध्ये दुई पहिले नै भइसकेका छन् भने तेस्रो शाही स्नान आज बुधबार हुँदै छ । यद्यपि, अखाडाले आजको स्नान तत्कालका लागि स्थगित गरेको छ । महाकुम्भ सुरू भएदेखि आजसम्म १५ करोड श्रद्धालुले स्नान गरिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-29
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
