
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नेपालका लागि हानिकारक हुने बताएका छन् । मंगलबार काठमाडौंमा समाजवादी मोर्चाद्वारा आयोजित विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुअघि धेरै बहसको आवश्यकता रहेको बताएका हुन् ।
‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भयो भने के होला हालत ? अमेरिकामा अहिले भागाभाग छ । बोल्यो कि पोल्यो हुन्छ । नेपाल जस्तो देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जान धेरै बहस गर्नुपर्छ’, उनले भने ।
उनले यो प्रणाली लागू हुँदा नेपालीहरू अमेरिकाबाट भागाभाग हुने पनि जिकिर गर्दै भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गयो भने अहिले नेपालीहरू अमेरिकाबाट भागाभाग हुन्छ । केही चाहिँदैन । कुनै पनि ठाउँ चाहिँदैन । विभिन्न देशको राष्ट्रपति प्रणालीका समस्याहरू थाहा पाउनुभएको छैन भने एउटा गोष्ठि राख्नुस् । म सबै विवरण नै दिन्छु । म आफैं त्यहाँ गएर सुनेको पनि छु, बुझेको पनि छु ।’
विचार मिलेन र साझा सहमतिमा नपुगी भएको एकता काँचो हुने उनले बताए । तर एउटै पार्टी बनाउन नसकेपनि समाजवादी मोर्चा बनाएर जानुपर्ने धारणा उनले राखे । मोर्चामा रहेका तीन पार्टी(माओवादी, एकीकृत समाजवादी र नेकपा) मिलेर अगाडि बढे देश तथा विदेशमा तरंग ल्याउने नेपालको दाबी थियो ।
Sudina Shrestha
प्रकाशित: १५ माघ २०८१, मंगलवार १९:११
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
