काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने भएको छ । आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका निम्ति म्याद थप गर्न उनलाई अदालतमा पेस गर्न लागिएको हो । सोमबार अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा भएकी उनी हाल प्रहरी वृत्त जगातीको हिरासतमा छिन् । उनीविरुद्ध भक्तपुर प्रहरीमा पनि उजुरी रहेकाले काठमाडौंबाट छुटेलगत्तै जगाती लगिएको हो ।
सूर्यविनायक नगरपालिकाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । भक्तपुरको साँगास्थित झोलुंगे पुलमा आशिकाले टिकट जलाएको, दररेटको पोस्टर च्यातेको, त्यहाँका कर्मचारीलाई दुव्र्यवहार गरेको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-28
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
