काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजना खाँदबारी–किमाथाङ्का सडक १५ वर्षपछि जोडिएको छ । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट किमाथाङ्कासम्मको एक सय ६२ किलोमिटर सडक जोडिएको हो ।
भोटखोला गाउँपालिकाको च्याम्ताङ्ग पुगेर हिजो सङ्घीय सरकारका मन्त्रीहरु सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य एवम् उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईको उपस्थितीमा सडकको ‘ब्रेक थ्रु’ अर्थात् छिचोल्ने काम गरिएको हो ।
यो सँगै त्रिदेशीय सडक सञ्जाल जोडिएको छ । सडकले चीन र भारतलाई पनि जोडेको छ । भारतको जोगवनीदेखि सङ्खुवासभाको सदरमुकाम खाँदबारी—किमाथाङ्का हुँदै चीन जोडिएको हो । उत्तर दक्षिण कोशी राजमार्गअन्तगर्त तीन सय ६२ किलोमिटर रहेको सबैभन्दा छोटो राजमार्ग जोडिएको हो ।
भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको साढे १० किलोमिटर ट्र्याक खोल्ने काम नेपाली सेनाले पाँच वर्षअघिदेखि शुरू गरेको थियो । शङ्खे भीरको कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक भएको भन्दै २०७६ भदौ २२ गते मन्त्रीपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो ।
खाँदबारीबाट किमाथाङ्कासम्मको सडक बिस्तारको काम गर्न २०६६ सालमा उत्तर दक्षिण कोशी सडक आयोजना शुरू भएको हो । आयोजना शुरू भएको १५ वर्षपछि नाका जोडिएको हो । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री खड्काले खाँदबारी–किमाथाङ्का सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-28
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
