
काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजना खाँदबारी–किमाथाङ्का सडक १५ वर्षपछि जोडिएको छ । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट किमाथाङ्कासम्मको एक सय ६२ किलोमिटर सडक जोडिएको हो ।
भोटखोला गाउँपालिकाको च्याम्ताङ्ग पुगेर हिजो सङ्घीय सरकारका मन्त्रीहरु सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य एवम् उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईको उपस्थितीमा सडकको ‘ब्रेक थ्रु’ अर्थात् छिचोल्ने काम गरिएको हो ।
यो सँगै त्रिदेशीय सडक सञ्जाल जोडिएको छ । सडकले चीन र भारतलाई पनि जोडेको छ । भारतको जोगवनीदेखि सङ्खुवासभाको सदरमुकाम खाँदबारी—किमाथाङ्का हुँदै चीन जोडिएको हो । उत्तर दक्षिण कोशी राजमार्गअन्तगर्त तीन सय ६२ किलोमिटर रहेको सबैभन्दा छोटो राजमार्ग जोडिएको हो ।
भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको साढे १० किलोमिटर ट्र्याक खोल्ने काम नेपाली सेनाले पाँच वर्षअघिदेखि शुरू गरेको थियो । शङ्खे भीरको कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक भएको भन्दै २०७६ भदौ २२ गते मन्त्रीपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो ।
खाँदबारीबाट किमाथाङ्कासम्मको सडक बिस्तारको काम गर्न २०६६ सालमा उत्तर दक्षिण कोशी सडक आयोजना शुरू भएको हो । आयोजना शुरू भएको १५ वर्षपछि नाका जोडिएको हो । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री खड्काले खाँदबारी–किमाथाङ्का सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
Sudina Shrestha
प्रकाशित: १५ माघ २०८१, मंगलवार ०९:२२
नेपाली फिल्म ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइड स्ट्रीमिङ, ४३ भाषामा सबटाइटल

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ
गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जलविद्युत् जडानको सम्झौता
