
काठमाडौँ, ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा अवस्थित न्यायका प्रतीक कालभैरवको प्रतिमामा युवराज्ञी हिमानी शाहले विधिवत विशेष पूजा अर्चना गर्नुभएको छ। पूजा पश्चात फिर्ति सवारी हुने क्रममा मन्दिरका पूजारीले कालभैरवको प्रतिमाको तस्बिर युवराज्ञीको बाहुलीमा चढाएर स्मरणस्वरूप प्रदान गरेका थिए।

तस्बिर : पद्मसगर कक्षपती
वि.सं. २०८१ साल माघ ९ गते बुधवारका दिन सालको यो विशेष क्षणलाई धार्मिक र ऐतिहासिक दृष्टिकोणले निकै महत्वका साथ लिइएको छ। कालभैरवको पूजा न्याय, धर्म र सत्यको प्रतीक मानिने परम्परालाई निरन्तरता दिने कार्य हो।

यो अवसरमा हनुमानढोका क्षेत्रलाई थप आकर्षक बनाउनका लागि धार्मिक गतिविधिहरूले ऐतिहासिक सम्पदाको महत्व झल्काउने कार्यमा योगदान पुर्याउने स्थानीयवासीहरूले विश्वास व्यक्त गरेका छन्।

युवराज्ञी हिमानी शाहको उपस्थितिले यस अवसरलाई अझ विशेष बनाएको र यसले परम्परागत धार्मिक तथा सांस्कृतिक मूल्यमान्यतालाई सम्मान गरेको जनाइएको छ।


Sudina Shrestha
प्रकाशित: १४ माघ २०८१, सोमबार १४:१०
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
