काठमाडौँ, ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा अवस्थित न्यायका प्रतीक कालभैरवको प्रतिमामा युवराज्ञी हिमानी शाहले विधिवत विशेष पूजा अर्चना गर्नुभएको छ। पूजा पश्चात फिर्ति सवारी हुने क्रममा मन्दिरका पूजारीले कालभैरवको प्रतिमाको तस्बिर युवराज्ञीको बाहुलीमा चढाएर स्मरणस्वरूप प्रदान गरेका थिए।

तस्बिर : पद्मसगर कक्षपती
वि.सं. २०८१ साल माघ ९ गते बुधवारका दिन सालको यो विशेष क्षणलाई धार्मिक र ऐतिहासिक दृष्टिकोणले निकै महत्वका साथ लिइएको छ। कालभैरवको पूजा न्याय, धर्म र सत्यको प्रतीक मानिने परम्परालाई निरन्तरता दिने कार्य हो।

यो अवसरमा हनुमानढोका क्षेत्रलाई थप आकर्षक बनाउनका लागि धार्मिक गतिविधिहरूले ऐतिहासिक सम्पदाको महत्व झल्काउने कार्यमा योगदान पुर्याउने स्थानीयवासीहरूले विश्वास व्यक्त गरेका छन्।

युवराज्ञी हिमानी शाहको उपस्थितिले यस अवसरलाई अझ विशेष बनाएको र यसले परम्परागत धार्मिक तथा सांस्कृतिक मूल्यमान्यतालाई सम्मान गरेको जनाइएको छ।


रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-27
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
