
प्रहरी वृत्त गौशालाले उदयपुरको चौदण्डी नगरपालिका–६ का ३८ वर्षीय हेमराज शिवाकोटी र उनकी श्रीमती मोरङको मिक्लाजुङ गाउँपालिका–९ की ३३ वर्षीया मुना सिलवाललाई पक्राउ गरेको हो ।
उनीहरु एक महिनाअघि नै पक्राउ परेपनि जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार काठमाडौं अदालतमा मुद्दा दर्ता गरेपछि मात्रै यस काण्ड सार्वजनिक भएको हो । प्रहरीका अनुसार दुबै जनाले आफूलाई परराष्ट्रमन्त्रीको स्वकीय सचिव दाबी गर्दै भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै पटकपटक गरेर १५ लाख ७६ हजार रुपैयाँ ठगेका थिए ।आइतबार दर्ता भएको मुद्दामाथि आज (सोमबार) बाट अदालतमा थुनछेक बयान र बहस हुँदैछ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०८० मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि समातिएका थिए ।
उनीहरुको बयानका आधारमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, बादलपछि गृहमन्त्री बनेका बालकृष्ण खाँण, उनका गृहसचिव टेकनारायण पाण्डे, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीपसहितका व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १४ माघ २०८१, सोमबार १२:५२
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
