काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक सौन्दर्य जोगाउन मेयर बालेन शाहको नेतृत्वमा न्यूरोड क्षेत्रका सम्पूर्ण घर तथा संरचनाहरूलाई सेतो र हरियो रंगमा रंगाउने अभियान सुरु गरेको छ।

यो अभियानले काठमाडौं उपत्यकाको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई पुनर्स्थापना गर्न मद्दत गर्ने विश्वास लिइएको छ। महानगरका अधिकारीहरूका अनुसार रंगरोगनका लागि घरधनीहरूसँग सहकार्य गरेर अगाडि बढ्ने योजना बनाइएको छ।
सार्वजनिक स्थानहरूलाई सफा, आकर्षक र ऐतिहासिक महत्त्वपूर्ण बनाउन सुरु गरिएको यो कामलाई स्थानीयबासीले पनि स्वागत गरेका छन्। मेयर शाहले यो अभियानले राजधानीको सौन्दर्य वृद्धि मात्र होइन, पर्यटन प्रवर्द्धनमा पनि योगदान दिने बताए।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-26
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
