काठमाडौं । नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले चौथो राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन्।शनिबार सम्पन्न हाफ म्याराथनतर्फ राजनले २१ किलोमिटर दूरी १ घण्टा ०६ मिनेट १० सेकेन्डमा पूरा गरी पुरुषतर्फ पहिलो स्थान हासिल गरे। महिलातर्फ सन्तोषीले १ घण्टा २० मिनेट ४८ सेकेन्डमा दूरी पार गरी उपाधि जितिन्।

पुरुषतर्फ आर्मीकै खडकबहादुर खड्का दोस्रो र जुलियस मुरलुकी तेस्रो भए। महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने दोस्रो तथा पुष्पा भण्डारी तेस्रो स्थानमा रहे।
प्रतियोगितामा पुरुष र महिलातर्फ शीर्ष ५ स्थान हासिल गर्ने धावकहरूले क्रमशः १ लाख ५० हजारदेखि ३० हजारसम्म नगद पुरस्कार प्राप्त गरे।
नेपाल भेटेरिनरी संघद्वारा आयोजित यस प्रतियोगितामा विजेतालाई कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए। दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई विभिन्न स्थानको परिक्रमा गरी रंगशालामै समाप्त भएको थियो।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-26
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
