
काठमाडौं – ट्राफिक प्रहरीले अबदेखि जाँच गर्दा सवारी साधनको चाबी खोस्न नपाउने भएका छन्। अब ट्राफिक व्यवस्थापन तथा कारबाही कानुन अनुसार मात्र हुनेछ।

पाटन उच्च अदालतले ट्राफिक प्रहरीले सवारी साधनको चाबी खोस्ने कार्य गैरकानुनी भएको निर्णय सुनाएको छ। अदालतले ट्राफिक प्रहरीलाई कानूनको दायराभित्र रहेर मात्र काम गर्न निर्देशन दिएको छ।सार्वजनिक रूपमा ट्राफिक प्रहरीद्वारा चाबी खोस्ने कार्यको आलोचना भइरहेपछि यस्तो निर्णय गरिएको हो। यस कदमले सवारी चालकको अधिकारको सम्मान गर्दै ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित र मर्यादित बनाउने विश्वास लिइएको छ।
प्रहरी मुख्यालयका अनुसार अब नियम उल्लंघनमा कारबाही गर्दा सम्बन्धित कानुनअनुसार नै प्रक्रिया अपनाइनेछ।
Sudina Shrestha
प्रकाशित: १२ माघ २०८१, शनिबार १०:०५
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
