
काठमाडौं । ललितपुरको पुल्चोकमा हालै स्थापना भएको इम्बार्क कलेजले शिक्षामा नयाँपनको सुरुवात गर्दै नेपाली विद्यार्थीलाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यका साथ आफ्नो यात्रा सुरु गरेको छ। कलेजको भौतिक संरचना, नाम र उद्देश्य सबै नेपाली समाजको विविधता र संस्कृति झल्काउने खालका छन्।

तराई, पहाड र हिमालको स्वरूप झल्काउने गरी डिजाइन गरिएको यो कलेजमा, कोठाहरू तराईका ताल, पहाडका पोखरी र हिमालका शिखरको नामबाट परिचित छन्। यहाँ विद्यार्थीले अध्ययन र प्रोजेक्ट छलफलका लागि प्रयोग गर्ने कोठालाई रारा, फोक्सुण्डो, सगरमाथा र अन्नपूर्णजस्ता नाम दिइएको छ।
कलेजले स्नातक तहमा बीएससी बिजनेस म्यानेजमेन्ट र स्नातकोत्तर तहमा एमबीए कार्यक्रम सञ्चालन गर्दैछ। युनिभर्सिटी अफ रोह्याम्प्टन, यूकेसँगको साझेदारीले अन्तर्राष्ट्रियस्तरको शिक्षा नेपालमै उपलब्ध गराउने कलेजको मुख्य विशेषता हो। कलेजका कार्यकारी निर्देशक आशीष ठाकुरका अनुसार, शिक्षाको मुख्य उद्देश्य विद्यार्थीलाई रोजगार र स्वरोजगारका लागि तयार पार्नु हो।

नेपालमा शिक्षा र रोजगारबीचको दूरी मेटाउनका लागि यो कलेजले सीपलाई प्राथमिकतामा राखेको छ। विद्यार्थीलाई प्रमाणपत्रमात्र होइन, व्यावसायिक ज्ञान र वास्तविक कार्यक्षेत्रमा उपयोग गर्न सकिने सीप प्रदान गर्ने ठाकुरको दाबी छ। एमबीए कार्यक्रमलाई ‘एमबीए विद् प्लेसमेन्ट’ मोडलमा अगाडि बढाइएको छ, जसले विद्यार्थीलाई पढाइसँगै रोजगारीका अवसर पनि सिर्जना गर्नेछ।
कलेजले नेपालका प्रतिष्ठित उद्योगी व्यवसायीसँग सहकार्य गर्दै, विद्यार्थीलाई पढाइका क्रममा नै रोजगारीका सम्भावना सुनिश्चित गर्ने योजना बनाएको छ। पाठ्यक्रम उद्योगको मागअनुसार तयार पारिएको छ, जसले विद्यार्थी र रोजगारदाताबीचको आवश्यकता मिलाउने काम गर्नेछ।
कलेजले आगामी दिनमा आईटी लगायतका नयाँ कोर्सहरू सञ्चालन गर्ने योजना बनाएको छ। बजारको आवश्यकता अनुसार शिक्षा दिन तयार रहेको कलेजले नेपालमा रहेका विभिन्न उद्योगी व्यवसायीसँगको सहकार्यमा छोटो अवधिका कोर्सहरू पनि सञ्चालन गर्ने तयारी गरेको छ।
ठाकुरका अनुसार, शिक्षा र सीपको तालमेलले मात्र नेपाली विद्यार्थीलाई सफल बनाउनेछ। सीपयुक्त विद्यार्थीले रोजगारदाता र बजारका आवश्यकता पूरा गर्न सक्ने हुँदा, शिक्षा प्रणालीले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका छन्।
नेपालमा अध्ययनका लागि विद्यार्थी विदेशिने प्रवृत्ति बढेको अवस्थामा, इम्बार्क कलेजले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा र सीप प्रदान गरेर विद्यार्थीलाई अवसर सिर्जना गर्न मद्दत पुर्याउने लक्ष्य लिएको छ। शिक्षा र रोजगारीबीचको दूरी हटाउँदै, कलेजले नेपाली शिक्षालाई नयाँ उचाइमा पुर्याउने वाचा गरेको छ।
Sudina Shrestha
प्रकाशित: १२ माघ २०८१, शनिबार ०९:४१
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
