काठमाडौं। शहीद दिवसको अवसरमा वरिष्ठ चिकित्सकहरूको सहभागितामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरिने भएको छ। स्वास्थ्य परीक्षण कार्यक्रम २०८१ माघ १६ गते (बुधबार) बिहान ९:३० देखि दिउँसो ३:०० बजेसम्म संचालन हुनेछ। कार्यक्रम चिरायु नेशनल अस्पताल, बसुन्धारामा आयोजना गरिने छ।

कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानले प्रमुख सहयोगीको भूमिका निर्वाह गर्नेछ। प्रतिष्ठानले कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने जानकारी आयोजकले दिएका छन्।

उपलब्ध सेवाहरू :
. निःशुल्क जनरल परामर्श
. निःशुल्क मधुमेह परामर्श
. निःशुल्क मधुमेह आँखाको परामर्श
साथै, विविध ल्याब परीक्षणमा २०% छुटको व्यवस्था गरिएको छ।
शिविरमा डा। अजय प्रधान ( जनरल फिजिसियन तथा मधुमेह रोग विशेषज्ञ ), डा. संजय कुमार शाह ( जनरल फिजिसियन ) , डा. संजय बजिमय ( वरिष्ठ नेत्र रोग विशेषज्ञ ), र डा. आशिष थकाली ( नेत्र रोग विशेषज्ञ ) जस्ता अनुभवी चिकित्सकहरू उपलब्ध हुनेछन्।
शिविरले सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य जाँच गरी स्वस्थ जीवनशैलीप्रति जागरुक गराउने उद्देश्य राखेको छ। नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ। आयोजक चिरायु नेशनल अस्पतालले सम्पूर्णलाई यो अवसरको लाभ उठाउन र स्वस्थ जीवनशैली अपनाउन आग्रह गरेको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
