
नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा बिहीबारदेखि सुरु भएको सभापति कप फुटबल प्रतियोगितामा संकटा क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको उद्घाटन गरेका थिए।

बिहीबारको उद्घाटन खेलमा संकटाले ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० को फराकिलो अन्तरले पराजित गर्यो। संकटाका लागि अबेका रिचर्डले दुई गोल गरेका थिए भने चन्दन दासले एक गोल थपे।
खेलको २१औं मिनेटमा अबेकाले गोल गर्दै संकटालाई अग्रता दिलाए। पहिलो हाफमा १–० ले अघि रहेको संकटाले दोस्रो हाफमा थप दुई गोल गर्दै जित सुनिश्चित गर्यो। ७०औं मिनेटमा अबेकाले व्यक्तिगत दोस्रो गोल गरे भने त्यसको दुई मिनेटपछि चन्दन दासले गोल गर्दै संकटालाई ३–० को नतिजा दिलाए।

संकटाले अब सेमिफाइनलमा मच्छिन्द्र र एपीएफ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। मच्छिन्द्र र एपीएफबीचको खेल शुक्रबार अपराह्न ५:३० बजे दशरथ रंगशालामा हुनेछ।

आयोजकले सेमिफाइनल र फाइनल खेलमात्रै फ्लड लाइटमा खेलाउने भने पनि समय तालिका परिमार्जन गर्दै शुक्रबारदेखि फाइनलसम्मका सबै खेल फ्लड लाइटमा सञ्चालन गर्ने निर्णय गरेको छ।
प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका छन्। विजेताले नगद २६ लाख पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १३ लाख पुरस्कार पाउनेछ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ११ माघ २०८१, शुक्रबार १२:२४
बसन्तपुर दरबार स्क्वायरमा मल्लकालीन “नौं तल्ले दरबार” सार्वजनिक अवलोकनका लागि खुला

विश्वव्यापी तापक्रम वृद्धि १.५ प्रतिशत डिग्रीमा सीमित राख्दा पनि तटीय क्षेत्र खतरामा

बिकास श्रेष्ठको उपचारका लागि आर्थिक सहयोगको अपिल

नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरिने

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

कोभिडका कारण भारतमा दुईको मृत्यु
