वासिङ्टन (एजेन्सी) । जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अमेरिकी न्यायालयले अस्थायी रुपमा रोक लगाएको छ ।
अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको शुरूआत गर्दै ट्रम्पले आफ्नो प्रशासनले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिका जन्मेका बच्चाहरूलाई अमेरिकी नागरिकका रूपमा मान्यता दिन बन्द गर्ने घोषणा गरेका थिए ।
त्यसविरूद्ध परेको मुद्दामा सुनुवाइ गर्दै संघीय जिल्ला अदालतका न्यायाधीश जोन सी कोफनरले ट्रम्पको कार्यकारी आदेशलाई पूर्ण रुपमा असंवैधानिक ठहर गर्दै कार्यान्वयनमा अस्थायी रूपमा रोक लगाएका हुन् ।
न्यायाधीश कोफनरले राष्ट्रपतिको उक्त आदेशलाई १४ दिनका लागि रोक लगाएको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले जनाएको छ । यद्यपि १४ दिनपछि उक्त आदेशलाई नवीकरण गर्ने सक्नेछन् । यसबारेमा ह्वाइट हाउसमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै ट्रम्पले माथिल्लो अदालतमा अपील गर्ने बताएका छन् ।
शपथ ग्रहणका दिन सय भन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गरेका ट्रम्पलाई अदालतको आदेशले झट्का दिएको छ । ट्रम्पले पहिलो कार्यकालमा पनि जन्मको आधारमा नागरिकता पाउने व्यवस्था हटाउन नखोजेका होइनन्। तर अहिलेजसरी कानुन वा आदेश भने ल्याएका थिएनन् ।
यसैबीच ट्रम्पले आप्रवासन कारबाहीअन्तर्गत सीमामा एक हजार पाँच सय सैनिकलाई प्रतिबन्ध लगाउने आदेश दिनुभएको छ भने दश हजार सैनिक तैनाथ गर्ने तयारीसमेत गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-24
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
