
वासिङ्टन (एजेन्सी) । जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अमेरिकी न्यायालयले अस्थायी रुपमा रोक लगाएको छ ।
अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको शुरूआत गर्दै ट्रम्पले आफ्नो प्रशासनले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिका जन्मेका बच्चाहरूलाई अमेरिकी नागरिकका रूपमा मान्यता दिन बन्द गर्ने घोषणा गरेका थिए ।
त्यसविरूद्ध परेको मुद्दामा सुनुवाइ गर्दै संघीय जिल्ला अदालतका न्यायाधीश जोन सी कोफनरले ट्रम्पको कार्यकारी आदेशलाई पूर्ण रुपमा असंवैधानिक ठहर गर्दै कार्यान्वयनमा अस्थायी रूपमा रोक लगाएका हुन् ।
न्यायाधीश कोफनरले राष्ट्रपतिको उक्त आदेशलाई १४ दिनका लागि रोक लगाएको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले जनाएको छ । यद्यपि १४ दिनपछि उक्त आदेशलाई नवीकरण गर्ने सक्नेछन् । यसबारेमा ह्वाइट हाउसमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै ट्रम्पले माथिल्लो अदालतमा अपील गर्ने बताएका छन् ।
शपथ ग्रहणका दिन सय भन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गरेका ट्रम्पलाई अदालतको आदेशले झट्का दिएको छ । ट्रम्पले पहिलो कार्यकालमा पनि जन्मको आधारमा नागरिकता पाउने व्यवस्था हटाउन नखोजेका होइनन्। तर अहिलेजसरी कानुन वा आदेश भने ल्याएका थिएनन् ।
यसैबीच ट्रम्पले आप्रवासन कारबाहीअन्तर्गत सीमामा एक हजार पाँच सय सैनिकलाई प्रतिबन्ध लगाउने आदेश दिनुभएको छ भने दश हजार सैनिक तैनाथ गर्ने तयारीसमेत गरेको छ ।
Sudina Shrestha
प्रकाशित: ११ माघ २०८१, शुक्रबार ०९:११
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
