सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार अब धेरै नटिक्ने बताएका छन् । यो सरकार जबर्जस्ती चलेको उनको भनाइ छ ।
उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सव २०८१ को उद्घाटनका लागि बिहीबार सुर्खेत पुगेका प्रचण्डले यो सरकार जबर्जस्ती चलेको भन्दै अब धेरै नटिक्ने बताएका हुन् ।
‘मैले अनुमान गरेको कुरा नै लागू भएको छ । यो सरकार धेरै अगाडि जाँदैन भनेर सुरुवाती चरणमा नै भन्दै आएको थिएँ’ उनले भने, ‘प्रधानमन्त्रीको पार्टीमा नै उकुसमुकुस भइरहेको छ ।’ सरकारप्रति कुनै अभिरुचि नभएको जिकिर गर्दै प्रचण्डले अब माओवादी र कांग्रेसको सहकार्य हुन सक्ने संकेत गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘अध्यादेशमै बढी जोड गरेपछि हामीले विपक्षहरूको तर्फबाट अभिलम्बचाहिँ सदन बोलाइएन भने हामीले विशेष अधिवेशन बोलाउने भनेपछि मात्रै सरकारले १८ गते अधिवेशन राख्ने भएको छ । नीतिगत रुपमा सरकारको आयु धेरै लामो छैन । जुन ढंगले सरकारको जन्मभयो । त्यो लामो आयुको छैन । तर, हामीलाई सरकारमा अहिले कुनै रुचि छैन । यद्यपि चितवनमा शेखर जीहरुसँग भेट हुँदा के कुरा भएको थियो त्यो हुनसक्छ ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-23
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
