
काठमाडौं । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलले राजीनामा नदिए संसद् बहिष्कार गर्ने प्रतिपक्षी दलका सांसदहरूले चेतावनी दिएका छन् ।
संसदीय पद्धतिमा लेखा समिति सभापति विपक्षी दललाई प्रचलनविपरीत निरन्तर रहेको र सभापति पत्नी सहकारी प्रकरणमा मुछिएको हुँदा राजीनामा मगिएको हो ।
बुधबार बुेको बैठकमा लेखा समिति सदस्य माओवादी सांसद अमनलाल मोदीले भने, ‘प्रधानमन्त्री र लेखा समिति सभापति एकै दलको हुनुहुँदैन भन्ने मान्यता पालना हुनुपर्छ । सभापतिले मार्ग प्रशस्त गर्नुस् भनिरहेका छौँ र भनिरहन्छौँ पनि ।
मोदीले राजीनामा नदिए आउँदो हिउँदे अधिवेशन बहिष्कारसम्म गर्न सक्ने चेतावनी दिए । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
लेखा समितिको बैठकमा पोखरेलको राजीनामाको माग निरन्तर छ । लेखा समितिको बुधबारको बैठकमा सिमेन्ट उत्पादन तथा बजारमूल्यबारे छलफल गर्ने एजेन्डा थियो । तर, राजीनामाको माग माओवादी सांसदहरूले छाडेका छैनन् ।
Sudina Shrestha
प्रकाशित: १० माघ २०८१, बिहीबार ०९:०८
कवि युबराज अधिकारीको ‘युद्ध, युद्ध नै हुन्छ ‘ कविता कृतिको लोकार्पण सम्पन्न

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

थई प्रधानमन्त्रीको पद धरापमा

लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

Rabi Lamichhane calls for constitution rewrite and end to federalism

बाढीले दाङमा बीच टापुमा फसेकी बालिकाको उद्धार
