काठमाडौं । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलले राजीनामा नदिए संसद् बहिष्कार गर्ने प्रतिपक्षी दलका सांसदहरूले चेतावनी दिएका छन् ।
संसदीय पद्धतिमा लेखा समिति सभापति विपक्षी दललाई प्रचलनविपरीत निरन्तर रहेको र सभापति पत्नी सहकारी प्रकरणमा मुछिएको हुँदा राजीनामा मगिएको हो ।
बुधबार बुेको बैठकमा लेखा समिति सदस्य माओवादी सांसद अमनलाल मोदीले भने, ‘प्रधानमन्त्री र लेखा समिति सभापति एकै दलको हुनुहुँदैन भन्ने मान्यता पालना हुनुपर्छ । सभापतिले मार्ग प्रशस्त गर्नुस् भनिरहेका छौँ र भनिरहन्छौँ पनि ।
मोदीले राजीनामा नदिए आउँदो हिउँदे अधिवेशन बहिष्कारसम्म गर्न सक्ने चेतावनी दिए । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
लेखा समितिको बैठकमा पोखरेलको राजीनामाको माग निरन्तर छ । लेखा समितिको बुधबारको बैठकमा सिमेन्ट उत्पादन तथा बजारमूल्यबारे छलफल गर्ने एजेन्डा थियो । तर, राजीनामाको माग माओवादी सांसदहरूले छाडेका छैनन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-23
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
