
काठमाण्डौ । यसपाली माघको पहिलो हप्तादेखि नै तापक्रम बढ्न थालेको छ । माघको तेस्रो हप्तादेखि चिसो घट्नुपर्नेमा यसपटक पहिलो हप्तादेखि नै तापक्रम बढ्न थालेको हो ।
केही दिनयता देशका धेरैजसो ठाउँमा न्यूनतम र अधिकतम तापक्रम दुवै बढ्दो छ । माघ पहिलो हप्ता बितिसक्दा पनि छिटपुटबाहेक हिउँदे वर्षा र हिमपात भएको छैन । हिउँदमा भित्रिएका सबैजसो प्रणाली गण्डकी प्रदेश र त्योभन्दा पश्चिममा मात्रै सीमित भएको मौसमविद्ले बताएका छन् ।
पश्चिममा पनि पर्याप्त पानी परेको छैन । हिउँ परेर सेतै हुनुपर्ने हिलाल माघमा पनि कालै छन् । काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा केही दिनदेखि तापक्रम बढ्दो रहेको छ । लामो समयसम्म पानी नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेकाले नेपालमा तापक्रम बढेको मौसमविद् सञ्जिव अधिकारीले बताएका छन् ।
न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ । आज काठमाण्डौको अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियस पुग्ने अनुमान छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री रहेको छ ।
सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आज मौसम आंशिक बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा आज बिहानैदेखि ती क्षेत्रमा मौसम बदली भएको हो । आज तराईका धेरै ठाउँमा हुस्सु लागेको छ । काठमाण्डौसहित अरु बाँकी ठाउँमा आजको मौसम सफा रहेको महाशाखाले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: १० माघ २०८१, बिहीबार ०८:४२
पूर्व राष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा सुविधा त्याग

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

प्रधानमन्त्री ओलीको स्पेनका व्यवसायी र लगानीकर्तासँग छलफल

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर

इन्डोनेसियाको बाली नजिक जहाज डुब्दा दुई जनाको मृत्यु, ४३ जना बेपत्ता

महिला एसियन कप छनोटः नेपाल र उज्बेकिस्तानको अंक र गोल दुवै बराबर
