काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिले उजुरी अध्ययन गर्न उपसमिति गठन गरेको छ । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमको नेतृत्वमा उपसमिति गठन भएको हो ।
समितिका सभापति ऋषिकेश पोखरेलले उजुरी अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गरिएको जानकारी दिए । यो समितिले लेखा समितिमा परेका १०० वटा उजुरी अध्ययन गर्नेछ ।
समितिमा सांसदहरू गोकुल बास्कोटा, मञ्जु खाण, लेखनाथ दाहाल, हरि ढकाल, प्रेम आले र अमरेशकुमार सिंह सदस्य छन् । समितिले उजुरीहरू अध्ययन गर्छन् भने कुन(कुन विषय समितिमा छलफल गर्ने भन्नेबारे टुंगो लगाउँछन् ।
उजुरीहरु:
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
