काठमाडां । संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते शुक्रबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
कानुन मन्त्री अजयकुमार चौरसियाका अनुसार मन्त्रिपरिषदले गरेका अन्य निर्णयबारे सरकारका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा जानकारी गराउने छ ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित ६ विपक्षी दलहरूले पत्रकार सम्मेलन गर्दै सरकारलाई तत्काल हिउँदे अधिवेशन बोलाउन दबाब दिएका थिए। सरकारले हालै पाँच वटा अध्यादेश ल्याउने निर्णय गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-21
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
