
काठमाडौं । गाडी दुर्घटना हुँदा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहसहित तीनजना घाइते भएको छन् । गएराति मधेस प्रदेश ०२–००१ झ–०१६५ नम्बरको गाडी करिब साढे नौ बजे जनकपुरस्थित रामानन्द चोकमा दुर्घटना हुँदा मन्त्री सिंहसहित तीनजना घाइते भएका हुन् ।
स्वास्थ्यमन्त्री सिंह सवार गाडी खानेपानी डिभिजन कार्यालयको गाडीमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।
एसपी तिवारीका अनुसार दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मन्त्री सिंहसहित चालक र सुरक्षाकर्मी तीनैजनाको अवस्था सामान्य रहेको छ । उपचारमा संलग्न चिकित्सकले उनको स्पाइनल हड्डीमा चोट लागेको बताएका छन् ।
Sudina Shrestha
प्रकाशित: ८ माघ २०८१, मंगलवार ०८:५२
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
