काठमाडौं । प्रेमिकाले धोका दिएको भन्दै मोरङमा एक जना पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन् ।झापाको दमक नगरपालिका–७ घर भएका ४० वर्षीय विनोद थापाले मोरङको उर्लाबारी नगरपालिका–६ स्थित प्रेमिकाको एक खाजा घरमा गएर पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले अन्नपूर्ण खाजा घरमा गएर उनले आफ्नै शरीरमा आगो लगाएको बताए । थापाको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
अन्नपूर्ण खाजा घर झापाको दमक नगरपालिका–३ घर भएकी २८ वर्षीय इन्द्र लिम्बुले सञ्चालन गरेकी हुन् । इन्द्रले आफूलाई धोक दिएको विनोदको आरोप छ । उनीहरू दुवैजना विवाहित हुन् । इन्द्रलाई सोधपुछ गरेर परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-20
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
