काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आईएमई बैंकको नाफामा ४९.५१ प्रतिशतको वृद्धि भएको छ ।
सोमबार प्रकाशित बैंकको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा गत वर्षको पुस मसान्तमा २ अर्ब ४ करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५ करोड पुगेको हो ।

बैंकको खुद नाफा मात्रै होइन वितवरणयोग्य नाफा पनि बढेको छ । यस अवधिमा बैंकले २ अर्ब ६५ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।बैंकको इम्पेयरमेन्ट शुल्कमा भारी गिरावट आएकाले खुद नाफामा वृद्धि भएको देखिन्छ । गत वर्षको पुस मसान्तमा बैंकले इम्पेयरमेन्ट शुल्कबापत ४ अर्ब १४ करोड राख्नुपरेकोमा अहिले २ अर्ब २० करोड मात्रै छुट्याएको छ ।
बैंकको ब्याज आम्दानी घटेको छ भने शुल्क तथा कमिसनबापत हुने आम्दानी बढेको छ ।नाफा बढ्दा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १६ रुपैयाँ पुगेको छ भने पीक रेसियो १३.८६ मा झरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
