
काठमाडौं । एभरेस्ट बैंकको चालु आर्थिक वर्ष २०८१/८२ दोस्रो त्रैमासमा नाफा २१ प्रतिशतभन्दा बढी बढेको छ । गत आव सोही अवधिको तुलनामा एभरेस्टले नाफा २१.११ प्रतिशतले बढाएको हो ।

सोमबार प्रकाशित दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार एभरेस्टले यस अवधिमा २ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा बैंकको नाफा १ अर्ब ७१ करोड थियो । बैंकको खुद नाफासँगै वितरणयोग्य नाफा पनि बढेको छ ।
यस अवधिमा बैंकले २ अर्ब ७२ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । गत वर्ष यस्तो नाफा २ अर्ब ४० करोड थियो । यस अवधिमा बैंकले ब्याज आम्दानीमा १९ प्रतिशत वृद्धि गरेको छ भने कमिसन तथा शुल्कबापत आम्दानीमा १४.४६ प्रतिशतको वृद्धि छ ।
गत वर्ष ४३ करोड रहेको बैंकको इम्पेयरमेन्ट शुल्क अहिले घटेर ३५ करोडमा झरेको छ । एभरेस्टले सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) को प्रतिस्पर्धामा आफूलाई अगाडि नै राखेको छ, जुन यस अवधिमा बढेर ३२ रुपैयाँ पुगेको छ । पीई रेसियो भने १८ बाट सीमान्त बढेर १८.१२ मा पुगेको छ ।
Sudina Shrestha
प्रकाशित: ७ माघ २०८१, सोमबार १२:५०
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
