काठमाडौं, कतारी राजकुमारी र विश्वप्रसिद्ध पर्वतारोही शेखा अस्मा अलथानीलाई साहसिक उपलब्धिहरूका लागि वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनले “सर्टिफिकेट अफ एक्सिलेन्स” (Certificate of Excellence) प्रदान गरेको छ।

शेखा अस्मा विश्वका चुनौतीपूर्ण हिमालहरू—माउण्ट एभरेष्ट, माउन्ट केटु , आमा डब्लम, मानास्लु, र लोहत्से—बिना अक्सिजन सफलतापूर्वक आरोहण गर्ने पहिलो कतारी महिला हुन्। उनी पहिलो कतारी हुन् जसले उत्तरी ध्रुवमा स्की यात्रा पूरा गरेकी छिन् र एक्स्प्लोरेर्स ग्रान्द स्लाम (Explorers Grand Slam) सातै महादेशका उच्च हिमाल चढ्ने र उत्तरी तथा दक्षिणी ध्रुव पुग्ने पूरा गरेकी छिन्।

समारोह काठमाडौंमा आयोजित गरिएको थियो, जहाँ विश्व बुक अफ रेकर्ड्सका अध्यक्ष सागर कटवालको उपस्थितिमा प्रमाणपत्र हस्तान्तरण गरियो। कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले प्रतिष्ठानको तर्फबाट शेखा अस्मालाई मायाको चिनो प्रदान गरेका थिए।

कार्यक्रममा अन्य प्रतिष्ठित व्यक्तित्वहरू—प्रख्यात गायिका देविका बन्दना, नेपाल सीनियर केयरकी संस्थापक आरती पौडेल, सामाजिक अभियन्ता सत्यकला बम्जन, र र्यापर शेखर वाग्लेले आफ्नो उपस्थिति जनाएका थिए।
शेखा अस्माले यो अवसरलाई विशेष भन्दै भनिन्, “मेरो उद्देश्य सधैं साहसिक खेलकुदमार्फत महिलाहरूलाई नयाँ लक्ष्यहरू चुम्न प्रेरित गर्नु हो। यो सम्मानले मलाई अझ बढी काम गर्न हौसला दिएको छ।”

उनी कतार ओलम्पिक कमिटीमार्फत खेलकुद, संस्कृति, र सामुदायिक सहभागिता प्रोत्साहन गर्न सक्रिय रूपमा कार्यरत छिन्।कार्यक्रमले उनको साहसिक खेलकुद क्षेत्रमा पुर्याएको योगदानलाई सम्मान गर्दै, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा महिलाहरूको नेतृत्वलाई प्रोत्साहन गर्ने उदाहरण प्रस्तुत गरेको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
