काठमाडौं । सडकमा चेकिङ गर्दा सर्वसाधारणले आफ्ना मान्छेलाई फोन गरेको भन्दै कुटपिट गर्ने प्रहरी कर्मचारीमाथि छानबिन थालिएको छ । दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको भन्दै निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
घटना चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा भएको बुझिएको छ । सो घटनाबारे छानबिन थालिएको चितवनका एसपी गौतम मिश्रले बताएका छन् । छानबिनका लागि डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति गठन गरिएको छ । एसपी मिश्रका अनुसार घटनाबारे समितिले तथ्य पत्ता लगाएर प्रतिवेदन दिएपछि संलग्न प्रहरी कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढ्ने छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-20
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
