
काठमाडौं । सञ्चालनमा रहेका नौ वाणिज्य बैंकको नाफा घटेको छ । यसले समग्र बैंकहरूको नाफा घटाएको छ । वाणिज्य बैंकहरूको नाफा समग्रमा ४.६६ प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासमा बैंकहरूले २८ अर्ब ७० करोड नाफा कमाएकोमा यस वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा नाफा घटेर २७ अर्ब ३६ करोडमा सीमित भएको छ ।
बैंकहरूमा सबैभन्दा धेरैले नाफा बढ्नेमा प्रभु बैंक रहेको छ । बैंकको नाफा ८४ प्रतिशतले बढेर एक अर्ब ३३ करोड रूपैयाँ पुगको छ । त्यस्तै, सबैभन्दा धेरैले नाफा घट्नेमा एनआइसी एशिया बैंक छ । बैंकको नाफा ९२ प्रतिशतले घटेर १५ करोड रूपैयाँमा सीमित भएको छ । बैंकहरूको खराब कर्जामा भएको वृद्धि, कर्जा लगानीमा अपेक्षित बिस्तार नहुँदा र खुद ब्याज आम्दानी बढ्न नसक्दा नाफामा प्रभाव परेको हो ।
बैंकहरूको दोस्रो त्रैमासको नाफा रकम करोडमा


Sudina Shrestha
प्रकाशित: ७ माघ २०८१, सोमबार १०:१०
ताप्लेजुङको मेरिङ्देन सडक १६ दिनका लागि बन्द

फिल्म जनै हराएको मान्छेको नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

मोरङ र उदयपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

गाजामा युएईले हवाई मार्गबाट सहायता पुन: सुचारु गर्ने

दिक्तेल रुपाकोट मझुवागढीका मेयर शिर मुण्डन गरेर सत्याग्रहमा
