काठमाडौं । अमेरिकामा टिकटक बन्द भएको एक दिनपछि फेरि चल्न थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्ध खोल्न कार्यकारी आदेश दिने बताएपछि भिडियो शेयरिङ एप टिकटक चल्न थालेको हो ।
ट्रम्पले आज अमेरिकाको ४७औँ राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्दैछन् । जनवरी १९ मा अफलाइन भएको टिकटक ट्रम्प प्रतिबद्धतापछि खुलेको बीबीसीले उल्लेख गरेको छ । यसअघि आइतबार टिकटकले ‘कि अमेरिकी कम्पनीलाई बेच्नुपर्ने कि सेवा बन्द गर्नुपर्ने’ कानुनको म्याद सुरु हुन लाग्दा शनिबारबाटै टिकटक बन्द भएको थियो ।
सन २०२४ अप्रिल २४ मा लागु भएको कानुनको प्रावधान सुरु गर्ने अन्तिम मिति बाइडेन कार्यकालको अन्तिम दिन अर्थात् जनवरी १९ सम्म रहेको थियो । बीबीसीका अनुसार अ मेरिकामा १७ करोड टीकटक प्रयोगकर्ता छन् ।
ट्रम्पले टीकटक खोल्ने प्रतिबद्धता दिएपछि टीकटकले एक जानकारी सार्वजनिक गरेर ट्रम्पलाई ‘दीर्घकालीन’ टीकटक सञ्चालनबारेमा ‘प्रस्टता र प्रतिबद्धता’ दिएकोमा ‘धन्यवाद’ भनेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
