
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को काठमाडौं जिल्ला अध्यक्षमा भीमबहादुर लामा निर्वाचित भएका छन् । आइतबार राति काठमाडौंमा सम्पन्न फोनिजको ७औं जिल्ला अधिवेशबाट लामा सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।
फोनिजको उपाध्यक्षमा सुदिना श्रेष्ठ र सचिवमा रत्नकाजी महर्जन सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । त्यस्तै कोषाध्यक्षमा दीपा सुनुवार, सह–सचिव(महिला)मा नितु डंगोल निर्वाचित भएकी छिन् । सदस्यहरूमा खुल्लातर्फ वेदबहादुर गुरूङ र किचः सिंह डंगोल निर्वाचित भएका छन् ।
यस्तै महिला सदस्यतर्फ राधिका लो, सरला चौधरी, सिर्जना मगर र अन्जना राई निर्वाचित भएका छन् भने संस्थागतर्फ अजय खड्गी र पासा काजी शेर्पा निर्वाचित भएका छन् ।
फोनिजले जिल्ला अधिवेशनबाट संघीय र बागमती प्रदेश प्रतिनिधिहरू समेत निर्वाचित गरेको छ । संघीयतर्फ ७ महिला र १३ खुल्ला गरी २० जना तथा प्रदेशतर्फ ९ महिलासहित २० गरी २६ जना निर्वाचित गरेको छ ।
संघीय प्रतिनिधितर्फ पूर्ण भक्त दुवाल, यशोदा भुजेल (महिला), गंगादेवी महर्जन (महिला), मिक्साङ वाइबा तामाङ (महिला), हरिगोपाल प्रधान, निरज रञ्जित, प्रविण श्रेष्ठ, सुरेन्द्र भक्त श्रेष्ठ, अर्जुन बहादुर तामाङ, लाल कुमार मोक्तान, सहदेव चौधरी, शुशिला तामाङ (महिला), अमिर लामा, नेपोलियन चेपाङ, कमल राना, विगेन तुलाधर, पुप्रिया राई (महिला), मन्जु तामाङ (महिला),निशा तामाङ (महिला) र दिलिप तामाङ निर्वाचित चुनिएका छन् ।
यस्तै प्रदेश प्रतिनिधितर्फ उदेन न्हुसामी, विमला मानन्धर (महिला), सरस्वी श्रेष्ठ सरू (महिला),मिङ्मा लामा (महिला), सबिका श्रेष्ठ (महिला), मनमाया स्याङ्बो (महिला), अनिता डंगोल (महिला), सुरज मानन्धर,एलबी सागर, प्रदीप कुमार श्रेष्ठ, हिरो लोपचङ, तेज नाछिरिङ राई, दसीराम थारू, मनोज रत्न शाही, सञ्जय उदास, लक्ष्मीराम सुनुवार, अनुप प्रधान, रामबहादुर मगर, कर्साङ तामाङ, विष्णुराज श्रेष्ठ, डिगबहादुर श्रेष्ठ, तेजनारायण महजर्न, प्रजित शाक्य, हेमप्रकाश राई, श्याम लामा र प्रेम लामा निर्वाचित भएका छन् ।
अधिवेशनपछि काठमाडौं शाखाका नवनिर्वाचित पदाधिकारी, संघीय तथा बागमती प्रदेश प्रतिनिधिहरूलाई फोनिजका संघीय उपाध्यक्ष अमरध्वज लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ माघ २०८१, सोमबार ०८:२२
बसन्तपुर दरबार स्क्वायरमा मल्लकालीन “नौं तल्ले दरबार” सार्वजनिक अवलोकनका लागि खुला

विश्वव्यापी तापक्रम वृद्धि १.५ प्रतिशत डिग्रीमा सीमित राख्दा पनि तटीय क्षेत्र खतरामा

बिकास श्रेष्ठको उपचारका लागि आर्थिक सहयोगको अपिल

नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरिने

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

कोभिडका कारण भारतमा दुईको मृत्यु
