सुलेजा (एजेन्सी) । नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा कम्तिमा ७७ जनाको ज्यान गएको छ । उद्धारकर्तासहित २५ जना घाइते भएका छन् । ६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि घटनास्थलमा तेल सङ्कलन गर्न पुगेका ७७ जनाका ज्यान गएको हो ।
मानिसहरूले तेल निकाल्न थालेको केहीबेरमै विस्फोटको घटना भएको थियो । हिजो भएको घटनामा घाइते भएकाहरुको नजिकैका अस्पतालमा उपचार भइरहेको छ । नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट र दुर्घटनाका घटना पटक–पटक हुँदै आएका छन् । गएको अक्टोबरमा चुहावट पेट्रोल सङ्कलन गर्ने क्रममा भएको विस्फोटमा कम्तिमा एक सय ५३ जनाले ज्यान गुमाएका थिए ।
गम्भीर आर्थिक सङ्कट झेल्दै आएको नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणाले बढेको छ । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुको लामो समयदेखिको इन्धन अनुदान हटाउनेलगायतका आर्थिक नीतिपछि इन्धनको मूल्य उच्च भएको छ । सरकारले आफ्नो नीतिबाट अर्थतन्त्रलाई बलियो बनाउने उदेश्य रहेको बताएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-19
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
