
काठमाडौँ – पोखरामा निसान, ओमोडा एन्ड जेइको,जिकर,लिपमोटर र सिट्रोन लगायतका विभिन्न ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको बराल ग्रुपले तीन दिने ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गर्ने भएको । सो बृहत अटोमोबाइल प्रदर्शनी ५ देखि ७ माघसम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा आयोजना हुनेछ ।
टेस्ट ड्राइभबाहेक कार्निभलले अन्य आकर्षक र लाभदायी विशेषताहरू पनि प्रदान गर्नेछ । सहभागीहरूले कार्निभल अवधिभर विशेष छुट, अफर तथा बजारमै प्रतिस्पर्धात्मक डिलको लाभ लिन सक्नेछन् । हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिजको सुविधा र कम्प्लिमेन्टरी ‘अटो प्लस इन्सुरेन्स’ पनि समावेश रहेको छ । साथै, विद्युतीय सवारी साधन खरिद गर्नेहरूलाई घरमा नै सहज चार्जिङका लागि निःशुल्क ७ किलोवाटको वाल चार्जर प्रदान गरिनेछ ।
पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभलको अवसरमा कम्पनीले नयाँ गाडी खरिद गर्न चाहने, गाडी तथा ईभी पारखीहरूलाई कार्निभलमा भव्य सहभागिताको लागि हार्दिक आमन्त्रण गरेको छ ।
सुदिना श्रेष्ठ
Sudina Shrestha
प्रकाशित: ५ माघ २०८१, शनिबार ०९:१०
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
