काठमाण्डौ । नेपाल पुलिस क्लबले जय ट्रफी एलिट कप क्रिकेटको उपाधि जितेको छ । त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिसले जय ट्रफीकोउपाधि जितेको हो ।
फाइनल खेलमा पुलिसले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिन खाना समयपछि ७४ रनमा अलआउट भयो । आर्मीका इमरान शेखले २८ तथा कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाए । आर्मीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
पुलिसका सागर ढकालले ६ र ललित राजवंशीले ४ विकेट लिए । पुलिसले दोस्रो पारीमा १ सय ३९ रन बनाएको थियो । दोस्रो पारीमा पुलिसका कुशल भुर्तेलले ४५, दिलिप नाथले ३४ रन बनाए । आर्मीका शाहब आलम र बसिर अहमदले ५र५ विकेट लिए ।
यसअघि वीरगञ्जमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले पहिलो पारीमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो । यस्तै आर्मीले पहिलो पारीमा १ सय ७० रन बनाएको थियो ।
प्रतियोगितामा आर्मी, पुलिससहित बाग्मती र मधेश प्रदेश गरी चार वटा टोली सहभागी थिए । पुलिस शीर्ष स्थानमा र आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-17
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
