
काठमाण्डौ । नेपाल पुलिस क्लबले जय ट्रफी एलिट कप क्रिकेटको उपाधि जितेको छ । त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिसले जय ट्रफीकोउपाधि जितेको हो ।
फाइनल खेलमा पुलिसले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिन खाना समयपछि ७४ रनमा अलआउट भयो । आर्मीका इमरान शेखले २८ तथा कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाए । आर्मीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
पुलिसका सागर ढकालले ६ र ललित राजवंशीले ४ विकेट लिए । पुलिसले दोस्रो पारीमा १ सय ३९ रन बनाएको थियो । दोस्रो पारीमा पुलिसका कुशल भुर्तेलले ४५, दिलिप नाथले ३४ रन बनाए । आर्मीका शाहब आलम र बसिर अहमदले ५र५ विकेट लिए ।
यसअघि वीरगञ्जमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले पहिलो पारीमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो । यस्तै आर्मीले पहिलो पारीमा १ सय ७० रन बनाएको थियो ।
प्रतियोगितामा आर्मी, पुलिससहित बाग्मती र मधेश प्रदेश गरी चार वटा टोली सहभागी थिए । पुलिस शीर्ष स्थानमा र आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ४ माघ २०८१, शुक्रबार ०९:१७
बसन्तपुर दरबार स्क्वायरमा मल्लकालीन “नौं तल्ले दरबार” सार्वजनिक अवलोकनका लागि खुला

विश्वव्यापी तापक्रम वृद्धि १.५ प्रतिशत डिग्रीमा सीमित राख्दा पनि तटीय क्षेत्र खतरामा

बिकास श्रेष्ठको उपचारका लागि आर्थिक सहयोगको अपिल

नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरिने

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

कोभिडका कारण भारतमा दुईको मृत्यु
