
काठमाण्डौ । नेपाली कांग्रेसले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई हप्तामा दुई निश्चित दिन खुला भेटघाट गर्न, नागरिकको गुनासो सुन्न र सुझाव लिनका लागि निर्देशन दिएको छ ।
पार्टी सभापति एवम् कांग्रेस संसदीय दलका शेरबहादुर देउवाको अध्यक्षतामा उनको निवासमा बसेको बैठकले मन्त्रीहरुलाई बाँकी पाँच दिन सम्पूर्ण रुपले आ–आफ्नो मन्त्रालयको काममा केन्द्रित हुनसमेत निर्देश गरेको हो ।
पार्टीका प्रदेश समिति, जिल्ला, क्षेत्र एवम् स्थानीय तहमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने नागरिकका सुझाव र मागका सम्बन्धमा महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा फरक दिनमा फरक मन्त्री उपस्थित भएर छलफल गर्न र उपयुक्त सुझाव कार्यान्वयन गर्न पनि बैठकले निर्देश गरेको छ ।
सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढङ्गले कार्य गर्न महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्न मन्त्रीहरुलाई बैठकले निर्देश गरेको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
यसैगरी संसदका विषयगत समितिहरुमा विचाराधीन विधेयकलाई टुङ्गोमा पुर्याउन सक्रियता साथ काम गर्न कांग्रेस सम्बद्ध तत् समितिका सभापतिसहितका सांसदहरुलाई पनि निर्देशन दिइएको छ । मन्त्रीहरुलाई आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम समयमा सम्पन्न गर्नसमेत निर्देशन दिइएको उनले बताए ।
चालु आर्थिक वर्षको बजेट तथा वार्षिक विकास कार्यक्रममा समावेश भएका तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, बोलपत्र आह्वान हुन नसकेका, निर्माण शुरू भएका तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना निर्धारित समयमा सम्पन्न गर्न गराउन आवश्यक पहलकदमीका लागि सम्बन्धित मन्त्रीहरुलाई निर्देशन दिइएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ४ माघ २०८१, शुक्रबार ०८:५१
युवाहरूबीच झगडा हुँदा एकको मृत्यु

The price of gold being traded at Rs 170,500 per tola

Kathmandu have intensified security checks across the city due to holi

लागुऔषध गाँजासहित एक जना महिला पक्राउ

आज काठमाडौंसहित पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको अध्यक्षमारवि धमला निर्वाचित
