
काठमाडौं । सामाजिक अभियान्ता आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। अभद्र व्यवहार कसुरमा पक्राउ परेकी तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
तामाङविरंद्ध प्रहरीले पुस २८ गते नै अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । जिल्ला प्रशासनको अनुमतिले बुधबार तामाङलाई पक्राउ गरिएको गौशाखा प्रहरीले जनाएको छ ।
पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुव्र्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३ माघ २०८१, बिहीबार १६:३७
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
