काठमाडौं । सामाजिक अभियान्ता आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। अभद्र व्यवहार कसुरमा पक्राउ परेकी तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
तामाङविरंद्ध प्रहरीले पुस २८ गते नै अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । जिल्ला प्रशासनको अनुमतिले बुधबार तामाङलाई पक्राउ गरिएको गौशाखा प्रहरीले जनाएको छ ।
पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुव्र्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-16
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
