
काठमाडौँ । नेपाल क्यान्सर निवारण प्रतिष्ठान र करुणा सिटी क्लिनिक प्रा.लि. नयाँ बजार , बीच क्यान्सरसम्बन्धी जनचेतना, रोकथाम, र स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सहकार्य गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा करुणा सिटी क्लिनिकका प्रबन्ध निर्देशक सुरज शाक्य र एनसीएनपीका अध्यक्ष हरि गोपाल प्रधानले हस्ताक्षर गरेका छन् । यस अवसरमा करुणा सिटी क्लिनिकका तर्फबाट साक्षीका रूपमा प्रमुख अपरेशन अधिकृत रूपा महर्जनले हस्ताक्षर गरिन् भने एनसीएनपीका तर्फबाट कोषाध्यक्ष फुपु तेन्जिङ शेर्पाले साक्षीको भूमिकामा हस्ताक्षर गरे।
कार्यक्रममा करुणा सिटी क्लिनिकका अध्यक्ष तथा क्यान्सर (स्तन रोग) विशेषज्ञ डा. प्रफुल्ल शाक्य लगायत एनसीएनपीका उपाध्यक्ष सागर कटवाल, प्रमुख कार्यक्रम अधिकृत सुदिना श्रेष्ठ, तथा पाल्देन शेर्पाको उपस्थिति रहेको थियो।

समझदारी अनुसार, करुणा सिटी क्लिनिकले एनसीएनपीका कार्यकारी सदस्य, सञ्चालक समिति, र स्टाफलाई छुटसहित स्वास्थ्य सेवा उपलब्ध गराउनेछ। यो सेवामा कार्डियोलोजी, रेडियोलोजी, फार्मेसी, तथा स्वास्थ्य परीक्षणका प्याकेजहरू समेटिनेछन्। एनसीएनपीले करुणा सिटी क्लिनिकद्वारा प्रदान गरिने सेवा र योजनाबारे आफ्नो सदस्यलाई जानकारी दिने र प्रवर्द्धन गर्ने जिम्मेवारी वहन गर्नेछ।
सम्झौतामा हस्ताक्षरको दौरान, करुणा सिटी क्लिनिकका तर्फबाट बोल्दै डा. प्रफुल्ल शाक्यले भने, “क्यान्सर जस्तो गम्भीर रोगको रोकथाम र उपचारका लागि संस्थाबीचको सहकार्य अत्यन्त महत्त्वपूर्ण छ। यस समझदारीले क्यान्सरबाट प्रभावित बिरामीहरूको उपचारमा गुणस्तर र पहुँच अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ। करुणा सिटी क्लिनिकले सदैव यस उद्देश्यका लागि प्रतिबद्धता जनाउँदै आएको छ।” करुणा सिटी क्लिनिकका प्रबन्ध निर्देशक सुरज शाक्यले क्यान्सर रोकथाम र उपचारमा यो सहकार्यले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। एनसीएनपीका अध्यक्ष हरि गोपाल प्रधानले क्यान्सर रोकथाम र जनचेतना अभिवृद्धिका लागि निजी र गैर नाफामूलक संस्थाहरूको सहकार्य अपरिहार्य रहेको बताए।

यस सम्झौताले क्यान्सर रोकथाम, उपचार र जनचेतनाका क्षेत्रमा संस्थाहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ। स्वास्थ्य सेवा प्रवर्द्धनमा निजी तथा सामाजिक संस्थाहरूबीचको सहकार्यलाई यो कदम उदाहरणीय मानिएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३ माघ २०८१, बिहीबार १२:३४
Durga Prasain, seven others sent to Dillibazaar Jail

काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त :प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह

श्री अरुणोदय माध्यमिक विद्यालयले ७५औं वार्षिकोत्सव हीरक महोत्सव तथा अभिभावक दिवस समारोह मनायो

Community-led flood drill strengthens disaster preparedness in Krishnapur

इजरायलद्वारा इरानमाथि सैन्य कारबाहीको उद्घोष

वेस्ट इन्डिजसँग नेपालले टी–२० शृङ्खला खेल्ने
