काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशभरको मौसम बदली भएको छ । आज गण्डकी प्रदेशदेखि पश्चिमी भेगमा वर्षा तथा सबै हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताएका छन् ।
उनका अनुसार वर्षा र हिमपातको प्रभाव कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी पर्नेछ । मध्य र पूर्वी भेगका एक, दुई ठाउँमा हिमपातको सम्भावना रहे पनि पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् अधिकारीले जानकारी दिए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिसम्म कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।आज दिनभर बदली हुने र रातिदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-16
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
