
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशभरको मौसम बदली भएको छ । आज गण्डकी प्रदेशदेखि पश्चिमी भेगमा वर्षा तथा सबै हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताएका छन् ।
उनका अनुसार वर्षा र हिमपातको प्रभाव कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी पर्नेछ । मध्य र पूर्वी भेगका एक, दुई ठाउँमा हिमपातको सम्भावना रहे पनि पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् अधिकारीले जानकारी दिए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिसम्म कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।आज दिनभर बदली हुने र रातिदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: ३ माघ २०८१, बिहीबार ०८:४७
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
