
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकसामु विद्यमान समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।
माघी पर्वको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सुशासन, विकास र शान्ति नै नेपाल र नेपालीको अभिष्ट भएको बताए ।
विभिन्न जातजातिले उत्सवका रुपमा मनाउने यसप्रकारका पर्वले नेपालीबीच आपसी प्रेम, भ्रातृत्व तथा मेलमिलापको भावना अभिवृद्धि गर्दै सबैलाई एकताको सुत्रमा बाँध्न र राष्ट्रिय एकतालाई सुदृढ गराउन योगदान दिने विश्वास गरे । राष्ट्रपति पौडेलले सबैलाई आआफ्नो क्षेत्रबाट निस्वार्थ ढंगले अघि बढ्न प्रेरणा मिल्ने भन्दै सम्पूर्णमा माघी पर्वको शुभकामना व्यक्त गरेका छन् ।
Sudina Shrestha
प्रकाशित: १ माघ २०८१, मंगलवार १०:४९
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति
