
काठमाण्डौ । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको गएराति ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक हप्तादेखि उपचाररत थिए ।
पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत हुन् । केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफीसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २९ पुष २०८१, सोमबार ०९:०७
युक्रेनद्वारा रुसीमा हालसम्मकै सबैभन्दा ठुलो आक्रमण, ११७ ड्रोनको प्रयोग

अब कोटेश्वर, बल्खु र सिफल चौर क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने

राजसंस्था समर्थकद्वारा उपत्यका बन्द फिर्ता

भोली देखि देशभर अनिश्चितकालीन यातायात बन्द हुने घोषणा

चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु

Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide
