काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज न्यायिक हिरासतमा लगिएको छ । काठमाण्डौको स्वर्णलक्ष्मी सहकारी ठगीको कसूरमा जिल्ला अदालत काठमाण्डौमा उपस्थित भएका लामिछानेको मुद्दामा आज थुनछेक बहस नसकिएकाले न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासत अर्थात् प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।
आज बिहानै अदालतमा उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो । सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन गर्न नभ्याएकाले आज बहस गर्न नसक्ने बताएपछि इजलासले रविलाई परिवारको साटो प्रहरीको जिम्मा लगाएको हो । प्रहरीले लामिछानेलाई भोलि अदालतमा उपस्थित गराउनेछ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा गएको बिहीवार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने अस्ति शुक्रवार काठमाण्डौ आएर आज जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी, चितवनमा सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगीको आरोप छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-12
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
