काठमाडौं । सरकारले स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गर्ने निर्णय गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गरेको हो ।

स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गरी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन खोजिएको एक मन्त्रीले जानकारी दिए । जसमा स्थानीय तहमा कम्तिमा एक वटा सेवा प्रदायक स्वास्थ्य संस्था रहने व्यवस्था मिलाइएको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्ने कुरा बताउँदै आएका थिए । स्वास्थ्य बीमाबारे बुझेका र विज्ञ व्यक्तिलाई बीमा बोर्डमा ल्याउन सरकारले ऐन नै संशोधन गर्न लागेको हो । त्यस्तै स्वास्थ्य बीमा बोर्डमा रिक्त अध्यक्ष र कार्यकारी निर्देशक पदमा नयाँ नियुक्ति प्रक्रिया पनि अब ऐन संशोधनपछि मात्रै हुने बुझिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-12
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
