
काठमाडौं । सरकारले स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गर्ने निर्णय गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गरेको हो ।

स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गरी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन खोजिएको एक मन्त्रीले जानकारी दिए । जसमा स्थानीय तहमा कम्तिमा एक वटा सेवा प्रदायक स्वास्थ्य संस्था रहने व्यवस्था मिलाइएको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्ने कुरा बताउँदै आएका थिए । स्वास्थ्य बीमाबारे बुझेका र विज्ञ व्यक्तिलाई बीमा बोर्डमा ल्याउन सरकारले ऐन नै संशोधन गर्न लागेको हो । त्यस्तै स्वास्थ्य बीमा बोर्डमा रिक्त अध्यक्ष र कार्यकारी निर्देशक पदमा नयाँ नियुक्ति प्रक्रिया पनि अब ऐन संशोधनपछि मात्रै हुने बुझिएको छ ।
Sudina Shrestha
प्रकाशित: २८ पुष २०८१, आईतवार १७:३६
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
