
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा भएका छन् । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।
लामिछानेलाई अरु जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुने शर्तमा रिहा गरिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले हिजो बेलुकी रविसहित सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।
रिहा भएपछि लामिछानेले न्यायालयप्रति आफ्नो सम्मान रहेको प्रतिक्रिया दिएका छन् । गएराति फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि बाहिरिने क्रममा प्रतिक्रिया दिँदै उनले न्यायालयप्रति सम्मान गर्ने बताए ।
रास्वपाका नेता दीपक बोहराको फेसबुक लाइभमा देखिएका उनले बोल्ने समय आएपछि नबोल भने पनि बोल्ने प्रतिक्रिया दिए । उनले लडाइँ अझैँ बाँकी रहेको र न्यायालयप्रति आफू विशेष आभारी रहेको प्रतिक्रिया दिए । लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङ पनि धरौटी रकम बुझाएर रिहा भएका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २६ पुष २०८१, शुक्रबार ०८:२८
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
