
- सुदिना श्रेष्ठ
काठमाडौं । ललितपुर महानगरपालिकाले सवारी साधनको चाप व्यवस्थापन गर्न र यातायात व्यवस्थामा सुधार ल्याउन इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम (आइटीएलएस) लागू गरेको छ । यो प्रणालीले ट्राफिक चापअनुसार स्वचालित ट्राफिक लाइटहरू सञ्चालन गर्ने महानगरले जनाएको छ ।

इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम प्रणालीको विशेषता भनेको ट्राफिक चाप र सवारी साधनहरूको गति मापन गरी हरियो, रातो र पहेँलो बत्तीको अवधि निर्धारण गर्ने हो ।
महानगरका अनुसार कम्पोजिट सिग्नल कन्ट्रोल स्ट्राटेजी नामक आधुनिक प्रविधिको प्रयोग गरिएको यो प्रणालीले १७ वटा जंक्सनहरूमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने भएको छ । त्यसका लागि ५ वटा प्रमुख जक्सनहरूमा पूर्णरूपमा नयाँ ट्राफिक बत्तीहरू जडान गरिएका छन् ।

महानगरका अनुसार ट्राफिक लाइटको नयाँ स्तम्भ जडान र सडक चिन्ह तथा लेन मार्किङ कार्य सम्पन्न भइसकेको छ । ५० भन्दा बढी ट्राफिक प्रहरीलाई नयाँ प्रणाली सञ्चालनका लागि तालिम प्रदान गरिने बताइएको छ ।
यो परियोजनाको कुल लागत ११ करोड रुपैयाँ रहेको छ, जसमा ट्राफिक व्यवस्थापन प्रणालीको स्थापना, सञ्चालन, र मर्मतसम्भार समावेश छन् ।
नयाँ प्रणालीबाट ट्राफिक जाम न्यूनिकरण हुने र सडक सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ । यस प्रणालीले काठमाडौं उपत्यकामा आधुनिक र प्रभावकारी ट्राफिक व्यवस्थापनको उदाहरण प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २५ पुष २०८१, बिहीबार १६:४७
कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको मृत्यु

उपसभामुखहरूको सम्मेलनबाट ७ बुँदे जनकपुर घोषणापत्र २०८२ जारी

राप्रपाले प्रदर्शनले निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

परराष्ट्रमन्त्री आरजु देउवा आज बैंकक जाँदै

हिमालय एअरलाइन्सद्धारा प्रयास नेपालका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

निषेधित क्षेत्रमा प्रदर्शन गरेर सामूहिक रूपमा थुनामा जान तयार छौं: लिङ्देन
