
काठमाडौं। नेपाल क्यान्सर निवारण प्रतिष्ठान र चिरायु अस्पतालबीच क्यान्सर रोकथाम, उपचार, र जनचेतना अभियानमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार, दुवै संस्थाले क्यान्सर रोकथामका लागि स्वास्थ्य शिविर सञ्चालन, जनचेतना अभियान, र रोगीहरूको उपचार प्रक्रियालाई सहज बनाउन विशेष कार्यक्रमहरू सञ्चालन गर्नेछन्। प्रतिष्ठानका आजीवन सदस्यहरूलाई चिरायु अस्पतालमा विशेष सुविधा र सहुलियत प्रदान गरिनेछ।
सम्झौतापत्रमा चिरायु अस्पतालका कार्यकारी निर्देशक हिमाल बहादुर राना र नेपाल क्यान्सर निवारण प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठले हस्ताक्षर गरे। सम्झौतामा साक्षीका रूपमा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका उपाध्यक्ष सागर कटवाल र चिरायु अस्पतालका संचालन प्रबन्धक डा. आश्मा शाहले हस्ताक्षर गरे। कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अन्य सदस्यहरु र चिरायु अस्पतालका डा. श्रीष्टि डंगोल पनि उपस्थित थिए।

कार्यकारी निर्देशक हिमाल बहादुर रानाले यो सहकार्यले क्यान्सर उपचार र रोकथामको क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने र बिरामीहरूको जीवनस्तर सुधार्ने विश्वास व्यक्त गरे। प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठले यो सम्झौताले क्यान्सरविरुद्धको अभियानलाई प्रभावकारी बनाउने र सहकार्यलाई अझ सुदृढ बनाउने बताए।
सुदिना श्रेष्ठ
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ पुष २०८१, बुधबार २१:४२
विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

अब युएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम निर्धारण

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दुई अभियोगमा भ्रष्टाचार मुद्दा

Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु
