काठमाडौं। नेपाल क्यान्सर निवारण प्रतिष्ठान र चिरायु अस्पतालबीच क्यान्सर रोकथाम, उपचार, र जनचेतना अभियानमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार, दुवै संस्थाले क्यान्सर रोकथामका लागि स्वास्थ्य शिविर सञ्चालन, जनचेतना अभियान, र रोगीहरूको उपचार प्रक्रियालाई सहज बनाउन विशेष कार्यक्रमहरू सञ्चालन गर्नेछन्। प्रतिष्ठानका आजीवन सदस्यहरूलाई चिरायु अस्पतालमा विशेष सुविधा र सहुलियत प्रदान गरिनेछ।
सम्झौतापत्रमा चिरायु अस्पतालका कार्यकारी निर्देशक हिमाल बहादुर राना र नेपाल क्यान्सर निवारण प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठले हस्ताक्षर गरे। सम्झौतामा साक्षीका रूपमा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका उपाध्यक्ष सागर कटवाल र चिरायु अस्पतालका संचालन प्रबन्धक डा. आश्मा शाहले हस्ताक्षर गरे। कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अन्य सदस्यहरु र चिरायु अस्पतालका डा. श्रीष्टि डंगोल पनि उपस्थित थिए।

कार्यकारी निर्देशक हिमाल बहादुर रानाले यो सहकार्यले क्यान्सर उपचार र रोकथामको क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने र बिरामीहरूको जीवनस्तर सुधार्ने विश्वास व्यक्त गरे। प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठले यो सम्झौताले क्यान्सरविरुद्धको अभियानलाई प्रभावकारी बनाउने र सहकार्यलाई अझ सुदृढ बनाउने बताए।
सुदिना श्रेष्ठ
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-08
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
