काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान र जे एण्ड जे हेल्थ एकेडेमीबीच क्यान्सर क्षेत्रका विभिन्न कार्यमा साझेदारी एवं सहकार्य गर्ने सम्झौता भएको छ । सो सम्झौता पत्रमा जे एण्ड जे हेल्थ एकेडेमीका प्रमुख डा रिजुता जोशी झा र नेपाल क्यान्सर निवारणका अध्यक्ष हरि गोपाल प्रधानले शनिबार एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।

सो सम्झौताअनुसार क्यान्सर निवारणबारे स्वास्थ्य शिविरहरू तथा जनचेतना अभियानहरू आयोजना गरिने छ । साथै, नेपाल क्यान्सर निवारण प्रतिष्ठानका आजीवन सदस्यलाई विशेष सहुलियत र सुविधा उपलब्ध गराइने बताइएको छ । उक्त सम्झौता भएसँगै क्यान्सर निवारण तथा क्यान्सरका बिरामीका लागि थप सेवा एवं सुविधा पुग्ने विश्वास गरिएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा जे एण्ड जे अस्पतालका प्रमुख डा. रिजुता जोशी झा, गाइनो अन्कोलोजिस्ट डा. रोशन कुमार झा र नेपाल क्यान्सर निवारणका अध्यक्ष हरि गोपाल प्रधान, वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठ र अर्का उपाध्यक्ष सागर कटवाल लगायतको उपस्थिति थियो ।
सुदिना श्रेष्ठ
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-08
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
