
काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान र जे एण्ड जे हेल्थ एकेडेमीबीच क्यान्सर क्षेत्रका विभिन्न कार्यमा साझेदारी एवं सहकार्य गर्ने सम्झौता भएको छ । सो सम्झौता पत्रमा जे एण्ड जे हेल्थ एकेडेमीका प्रमुख डा रिजुता जोशी झा र नेपाल क्यान्सर निवारणका अध्यक्ष हरि गोपाल प्रधानले शनिबार एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।

सो सम्झौताअनुसार क्यान्सर निवारणबारे स्वास्थ्य शिविरहरू तथा जनचेतना अभियानहरू आयोजना गरिने छ । साथै, नेपाल क्यान्सर निवारण प्रतिष्ठानका आजीवन सदस्यलाई विशेष सहुलियत र सुविधा उपलब्ध गराइने बताइएको छ । उक्त सम्झौता भएसँगै क्यान्सर निवारण तथा क्यान्सरका बिरामीका लागि थप सेवा एवं सुविधा पुग्ने विश्वास गरिएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा जे एण्ड जे अस्पतालका प्रमुख डा. रिजुता जोशी झा, गाइनो अन्कोलोजिस्ट डा. रोशन कुमार झा र नेपाल क्यान्सर निवारणका अध्यक्ष हरि गोपाल प्रधान, वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठ र अर्का उपाध्यक्ष सागर कटवाल लगायतको उपस्थिति थियो ।
सुदिना श्रेष्ठ
Sudina Shrestha
प्रकाशित: २४ पुष २०८१, बुधबार २०:५१
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
