काठमाडौं (एजेन्सी) । आज बिहान चीनमा गएको भूकम्पमा परी कम्तीमा ९५ जनाको ज्यान गएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार एक सय ५० भन्दा बढी घाइते भएका छन् ।
सिन्ह्वाका अनुसार आज बिहान नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ ।
चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको ठूलो झट्का महसुस भएको दिङ्गे काउन्टीमा रहेका गाउँमा धेरै घरहरू भत्किएका खबरमा उल्लेख छ ।
सरकारी अधिकारी तथा उद्धारकर्मीहरू भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । भत्किएका भवनमा फसेकाको उद्धार र खोजी भइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने सिन्ह्वाले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-07
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
