
काठमाडौं (एजेन्सी) । आज बिहान चीनमा गएको भूकम्पमा परी कम्तीमा ९५ जनाको ज्यान गएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार एक सय ५० भन्दा बढी घाइते भएका छन् ।
सिन्ह्वाका अनुसार आज बिहान नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ ।
चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको ठूलो झट्का महसुस भएको दिङ्गे काउन्टीमा रहेका गाउँमा धेरै घरहरू भत्किएका खबरमा उल्लेख छ ।
सरकारी अधिकारी तथा उद्धारकर्मीहरू भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । भत्किएका भवनमा फसेकाको उद्धार र खोजी भइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने सिन्ह्वाले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: २३ पुष २०८१, मंगलवार १०:४८
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
