काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक कल सेन्टरबाट ५३ जनालाई पक्राउ गरिएको छ । कल सेन्टर सञ्चालन गरी अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको सूचनामा आधारमा सीआईबीको टोलीले गएराति छापा मारेको थियो ।
त्यहाँबाट ५३ जनालाई नियन्त्रणमा लिइएको हो । सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाका अनुसार पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु सबै नेपाली रहेका छन् ।
उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको छ । पक्राउ परेका व्यक्तिहरुले कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-07
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
