
काठमाडौं । चीनको तिब्बत केन्द्रविन्दु भएर आज बिहान शक्तिशाली भूकम्प गएको छ । आज बिहान ६ बजेर ५० मिनेट जाँदा दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिक दिङ्गी केन्द्रबिन्दु भएर ६.९ म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी)ले जनाएको छ ।
भूकम्पको केन्द्र पूर्वीतर्फ रहेकाले नेपालसहित, भारत, भुटान, बंगलादेश र चीनमा पनि एकसाथ धक्का महसुस गरिएको सञ्चारमाध्यमले जनाएका छन् । लामो समयपछि एकाविहानै काठमाडौँ उपत्यकासहित नेपालका धेरै जिल्लामा भूकम्पको धक्का महसुस हुँदा नागरिक होहल्ला गर्दै सडकमा निस्किएका छन् । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २३ पुष २०८१, मंगलवार ०७:५५
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
