काठमाडौं । चीनको तिब्बत केन्द्रविन्दु भएर आज बिहान शक्तिशाली भूकम्प गएको छ । आज बिहान ६ बजेर ५० मिनेट जाँदा दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिक दिङ्गी केन्द्रबिन्दु भएर ६.९ म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी)ले जनाएको छ ।
भूकम्पको केन्द्र पूर्वीतर्फ रहेकाले नेपालसहित, भारत, भुटान, बंगलादेश र चीनमा पनि एकसाथ धक्का महसुस गरिएको सञ्चारमाध्यमले जनाएका छन् । लामो समयपछि एकाविहानै काठमाडौँ उपत्यकासहित नेपालका धेरै जिल्लामा भूकम्पको धक्का महसुस हुँदा नागरिक होहल्ला गर्दै सडकमा निस्किएका छन् । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-07
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
