
काठमाडौं । ओमोडा एन्ड जेइको नेपालका लागि आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रालिले गोकर्ण फरेस्ट रिसोर्टस्थित अफरोड ट्र्याकमा ‘जेइको जेसिक्स इन्डिभिजुअल ह्विल ड्राइभ (फोर–बाइ–फोर) टेस्ट ड्राइभ एक्स्पेरियन्स द थ्रिल अफ एडभेन्चर’ सफलतापूर्वक सम्पन्न गरेको छ ।
शनिबार आयोजित टेस्ट ड्राइभ च्यालेन्जमा नेपालको पहिलो इलेक्ट्रिक अफरोड एसयुभी जेइको जेसिक्स इन्डिभिजुअल ह्विल ड्राइभको उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको हो । यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभाग सजिलै पार गर्न सक्छ भन्ने प्रमाणित भएको छ ।

कार्यक्रममा अफरोड पारखी तथा ड्राइभरहरूको उत्साहजनक सहभागिता थियो । विशेषगरी तयार गरिएको अफरोड ट्र्याक मुख्य आकर्षण थियो ।
ट्र्याकलाई साँच्चिकै अफरोड यात्रामा जस्तै चुनौतीपूर्ण बनाउन विभिन्न अवरोधहरू जस्तै, उकालो, ओरालो, हिलो, रकी एक्सपेरियन्स आदि समेटिएको थियो । यही ट्र्याकमा जेसिक्स इन्डिभुजुअल ह्विल ड्राइभले आफ्नो शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित गरेको कम्पनीले जनाएको छ ।
विशेषगरी जेइको जेसिक्समा रूची राख्ने ग्राहकहरू केन्द्रित यस कार्यक्रममा जेइको जेसिक्स इन्डिभिजुअल ह्विल ड्राइभले सम्पूर्ण अवरोधहरूलाई सजिलै पार गर्दै विद्युतीय सवारीले मारेको फड्कोलाई सावित गरेको छ । कार्यक्रममा डर्ट–ट्र्याक च्यालेन्जका अलावा सहभागीहरूले निःशुल्क ‘ड्राइभिङ रेन्ज गल्फ सट’जस्ता क्रियाकलापमार्फत उत्साहजनक सहभागिता जनाएका थिए ।
एसपिजी अटोमोबाइल्स, नेपालमा नवीन र दिगो मोबिलिटी (गतिशीलता)का आविष्कार तथा उत्पादनहरू प्रवद्र्धन गर्न समर्पित रहेको छ । अल–ह्विल–ड्राइभ पावरट्रेनसहितको नयाँ जेइको जेसिक्स इन्डिभिजुअल–ह्विल–ड्राइभ(फोर–बाइ–फोर), प्रभावशाली पर्फमेन्स, अद्भुत पावर, र उच्च ग्राउन्ड क्लियरेन्ससहित अफ–रोड ड्राइभिङको लागि उत्कृष्ट विद्युतीय एसयुभिको रूपमा स्थापित भएको छ ।
नयाँ जेइको जेसिक्स इन्डिभिजुअल ह्विल ड्राइभ (फोर–बाइ–फोर) मसाज सिट, सबै प्यासेन्जरका लागि हिटेड एन्ड भेन्टिलेटेड सिट, हाइअर रिम सहितको टायर साइज, बुम बक्स बेस स्पिकर्स जस्ता विभिन्न सुविधाहरूले सु–सज्जित रहेको छ ।
साथै, नौवटा ड्राइभिङ मोडसहित शक्तिशाली डुअल मोटर, ६९.६६ किलोवाटआवरको ब्याट्री र ४०० किलोमिटरको डब्लुएलटिपि रेन्ज यसको प्रमुख आकर्षण रहेको छ ।
एसपिजि अटोमोबाइल्सले साहसिक यात्रा गर्न खोज्ने अफरोड पारखीहरूलाई नजिकैको ओमोडा तथा जेइको सोरुममा गई प्रत्यक्ष अनुभव गर्न सकिने कम्पनीले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: २२ पुष २०८१, सोमबार २१:२७
अक्षय कुमार र सैफ अली खान प्रियदर्शनको फिल्ममा

बेनी-जोमसोम-कोरोला सडकखण्ड पुर्णरुपमा अवरुद्ध
फिल्म ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक

फ्रान्सेली राष्ट्रपति म्याक्रोनकी श्रीमती पुरुष भएको युट्युबरको दाबि !

२०८२ असार ३२ गते बुधबारस् आजको राशिफल

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
