काठमाडौं । समरी इन्टरनेशनल अवार्ड्स मण्डला नेशनल ट्यालेन्ट सम्मान २०८१ अन्तर्गत “लाइफटाईम अचिभमेन्ट अवार्ड” नेपाली संगीतका अग्रज निर्णय श्रेष्ठ (NSK) लाई प्रदान गरिएको छ। यो सम्मान नेपाली र्याप संगीत र सामाजिक क्षेत्रमा उनको अतुलनीय योगदानलाई कदर गर्दै दिइएको हो।

समारोहमा मुख्य अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अरुण कुमार चौधरी, उपस्थित थिए। कार्यक्रमको क्रममा, निर्णय श्रेष्ठ (NSK) को संगीत र सामाजिक कार्यमा पुर्याएको योगदानको प्रशंसा गर्दै यो सम्मान उनलाई प्रदान गरिएको थियो। निर्णयको संगीतले नेपाली र्याप संगीतको क्षेत्रमा नयाँ तरिका र शैली ल्याएको छ, जसले उनलाई नेपाल र विदेशमा सम्मानित गरिएको छ।

निर्णय श्रेष्ठले नेपाली संगीतसँगै सामाजिक चेत्रम योगदन पुर्याएकोमा यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
समरी इन्टरनेशनल इभेन्टले नेपाली कलाकारहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै, नेपाली संगीत र कला क्षेत्रलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेल्दै अएको छ।

निर्णय श्रेष्ठ (NSK) लाई यो प्रतिष्ठित सम्मानको लागि हार्दिक बधाई ।
सुदिना श्रेष्ठ
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-04
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
