
काठमाण्डौ । ग्लोबल आईएमई बैङ्क लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आईएमई बैङ्क हिजोदेखि १९ औँ वर्षमा प्रवेश गरेको छ । बैङ्कले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
वार्षिकोत्सवका अवसरमा काठमाण्डौमा हिजो भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल आईएमई बैङ्क तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैङ्कले मर्जर र व्यवसाय विस्तारसँगै बैङ्कको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैङ्कको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए । बैङ्कले आफ्नो स्थापनाको १८ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको उनको भनाइ छ ।
यसैगरी, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैङ्कले आफ्नो सेवालाई नविनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । उनले बैङ्कले आगामि वर्षहरुमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैङ्किङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । बैंङ्कले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा बैङ्कमा १५ वर्ष सेवा गरेका एक सय ६६ कर्मचारीहरुलाई सम्मान पनि गरेको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १९ पुष २०८१, शुक्रबार ०९:४३
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्स

एकैदिन एक सय ३५ जना आरोही सगरमाथा शिखरमा

NEPSE declined slightly on Sunday

PM Oli congratulates medal winners of South Asian Youth Table Tennis Championship

रसुवाबाट साढे सात किलो सुन बरामद, एक जना पक्राउ

“के गर्ने त ?” बाध्यतामा रोजगारीतर्फ आकर्षित काठमाडौंमा युवा
