काठमाडौं। सर्लाहीमा यात्रुबाहक बसले थिच्दा ड्युटीमा रहेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । गएराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि अनियन्त्रित भई बागमती प्रदेश०१–००६ख २००४ नम्बरको बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको हो।
बसले थिच्दा गम्भीर घाइते भएका विजय कुमार तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर, अस्पताल पुर्याएपछि चिकित्सकहरुले राति पौने १० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ।
सुदिना श्रेष्ठ
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
