काठमाडौं। ‘सबै पोसाकको सम्मान : ‘नेपाली टोपी नेपाली पहिचान’ भन्ने नाराका साथ जागरुक युवा अभियान नेपालको आयोजनामा १२ औं राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइएको छ। नेपाली टोपी लगाएर काठमाडौंको बुधबार बिहान बसन्तपुरमा जम्मा भएका युवाले नाचगानसहित दिवस मनाएका हुन्।कार्यक्रममा युवाहरूले नेपाली पहिचानको रुपमा रहेका दौरा सुरुवाल, ढाकाटोपी र गुन्यु चोली लगाउन र संरक्षण गर्नुपर्ने आह्वान गरे।

अभियानका संयोजक घनश्याम श्रेष्ठका अनुसार तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले दौरा सुरुवाल, ढाकाटोपी र गुन्यु चोलीलाई राष्ट्रिय पोसाकबाट हटाएपछि यी पोसाक ओझेलमा परेको भन्दै युवाहरूले ढाकाटोपी, भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न माग गर्दै राष्ट्रिय पोषक तथा टोपी दिवश मनाइन थालिएको हो। त्यसयता नेपालमा हरेक वर्ष जनवरी १ लाई राष्ट्रिय पोसाक तथा टोपी दिवसकारुपमा मनाउने गरिएको छ।


सुदिना श्रेष्ठ
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
